दोलखाको दृश्यावलोकनको लागि माईथानडाँडा - फोटो फिचर


          दोलखाको कालिञ्चोक गाउँपालिका सुनखानीको माईथानडाँडाबाट दोलखाको अधिकांश भूभाग नियाल्न सकिन्छ । प्राकृतिक सुन्दरतामा रमाउनुको साथै धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा पनि यस ठाउँको महत्व छ । विशेष गरी श्रृङ्ग ऋषिले तपस्या गरेको ठाउँ भएकाले पनि यस ठाउँको महत्व रहेको छ । यसै माइथान नजिक रहेको ठूलो भीरको बीचमा गुफा रहेको र यसैमा श्रृङ्ग ऋषिले वर्षौसम्म ध्यान गरेको जनविश्वास छ ।
 
            यस स्थानमा कालिञ्चोक भगवतीको थापना र नजिकै नागथान भएकाले पनि धार्मिक र ऐतिहासिक रुपमा प्रख्यात र महत्वपूर्ण स्थानको रुपमा चिनिन्छ । कालिञ्चोक भगवतीको दर्शन गर्न कालिञ्चोक पुग्न नसक्नेका लागि यसै माईथान डाँडामा थापना गरेको छ । यहाँबाट दोलखाको ९ वटै स्थानीय तह र नदीनाला, धार्मिक स्थानहरु एकै थलोबाट नियाल्न सकिन्छ । 
 
तस्बिर / शब्दः  जीवन लामा 








Comment from facebook

Computer Support House