धार्मिक तथा सास्कृतिक सम्पदामा धनि मानिने भिमेश्वोर नगरपालिका वडा नम्बर दुइ दोलखा बजार सबैका लागि चिर परिचित नाम नै हो । तर बजार भन्दा केहि माथि पर्ने सरस्वती मन्दिर प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ । जंगलको बिचमा रहेको मन्दिर जहा बाट दोलखा जिल्लाको बिभिन्न ठाउहरु समेत देख्न सकिन्छ । सरस्वती पुजाको दिन यहा धेरै चहलपहल भय पनि अन्य दिन भने सुनसान नै रहन्छ । यहा पिकनिक गर्नका लागि भबन तथा अन्य संरचना समेत निर्माण गरियको छ । पिकनिकका लागि खोर्थली बनमा हजारौ पर्यटक पुगेपनि यहा प्रचार प्रसारको अभाबमा कोहि पनि नआउने एक स्थानीय बताउछन् । हेरौ प्रलाद आचार्य ले खिच्नु भयको दस तस्बिर ।