जिरी नपुगे पनि नाम नसुनेका सायद कमै होलान । जिरेल समुदायको बाहुल्यता रहेको यस जिरी हाल पर्यटकीय स्थल जिरी नगरपालिकाले चिनिन्छ । अधिकांश मानिसहरु जिरी पुगेको हुन्छन् तर सिक्रीमा पुग्ने भने थोरै रहेका हुन्छन् । हाटडाँडाबाट ३ किलोमिटर ओरालो झरेपछि सिक्री पुग्न सकिन्छ । जहाँ ८० घरधुरी जिरेल समुदायको वसोवास रहेको छ । २०७२ को भूकम्पले तहसहस भएको सिक्री अझैं पनि पुन निर्माण हुन सकेको छैन । अहिले पनि अधिकांश जस्ता, काठको टहरोमा बस्दै आएका छन् । घर निर्माणको लागि पहिलो किस्ता लिए पनि दोस्रो किस्ता लिने थोरै रहेका छन् । अझ तेस्रो किस्ता कसैले लिएका छैनन् । सिक्रीमा २०७५ असार मसान्त भित्रमा सबै किस्ता लिईसक्नुपर्ने थाहा हुँदाहुँदै पनि घर बनाउन थालेका छैनन ।
जिरी लिंकन बजारपछि सुन्दर बस्ती रहेको यस सिक्रीमा मौलिक घरहरु अझैं देख्न पाईन्छ । ढुंगा र माटोले बनेको घरहरु बस्न नमिल्ने भएपनि अझैं जिउकातिउ देखिन्छ । बाहिरबाट हेर्दा निकै सुन्दर देखिने घरहरु भूकम्पले केही भत्काएपछि जस्ताको टहराहरु पनि त्यत्तिकै मात्रामा वनेका छन् । यिनै घरहरुको तस्बिर लिएका छन् जीवन लामाले । हेरौ जिरि सिक्रिमा वनेका पुराना तथा नयाँ घरहरुको तस्विर ।