कालिञ्चोकमा हिउँ खेल्न निम्तो


एक हप्ता अघिमात्र कालिञ्चोकमा हिउँ खेल्न भ्याएको थिए । यस पटक खासै जाने रहर थिएन । मोवाईलमा छेडुप दाईको फोन आयो । सँगै खाना खायौं । खाना खाने बेलानै कालिञ्चोक जाने योजना बन्यो । म अस्तिको हप्ता मात्र गाको दाई जान्न भने । उहाँले मान्नु भएन । मेरो क्यामेरा रेडियोमा थियो । मोवाईलबाटै खिचौला भन्नु भयो । बिना तयारी कालिञ्चोकमा पुगे । हिउँ अस्तिको भन्दा तेब्बर परेको रहेछ । झण्डै गैरीबाटै गाडि अगाडि बढ्न मानेन । बल्लतल्ल कुरीमा पुगे । दिउँसोको ३ बजेको होला कुरी पुग्दा । गाडिबाट ओर्लिने बित्तीक्कै फोटो खिच्न थाले । कालिञ्चोक पुरै सेताम्मे भाको थियो । घर, बाटो, रुख बिरुवा सबै सेताम्मे । एकै ठाउँबाट घण्टौसम्म हेरिरहदा पनि आँखा नथाक्ने । प्रकृतिको वरदान झैं ठाने कालिञ्चोकको हिउँ । प्राय वर्षमा एक पटक देखेकै हुन्छ हिउँ । तरपनि नयाँ लाग्छ । हिउँमै लुटिपुटी खेल्न मन लाग्छ । जत्तिनै चिसो भएपनि हिउँ समातेर खेल्न मन लाग्छ । अधिकांश पर्यटकहरु गाडि चढेर कुरि पुगी हिडेरै कालिञ्चोक पुगेका थिए । कालिञ्चोक दोलखाको मात्र होइन, देशकै एउटा गहना जस्तो लाग्छ । यसपटक कालिञ्चोकमा परेको हिउँ दोस्रो पटक हो । कालिञ्चोकमा हिउँ खेल्न सबैलाई निम्तो छ । 


तस्बिर/शब्दः जीवन लामा













Comment from facebook

Computer Support House